प्रसूति व्यथा लागेको १८ घन्टापछि उद्धार

संखुवासभा | माघ २४, २०८१

प्रसूति व्यथा लागेको १८ घन्टापछि उद्धार सांकेतिक तस्वीर

सङ्खुवासभा:    सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ नामासेबाट प्रसूति व्यथा लागेको १८ घन्टापछि एक महिलालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । 


प्रसूति व्यथा लागेको १८ घन्टापछि  भोटखोला–४ नामासे की ३६ वर्षीया याङजम भोटेलाई आज राष्ट्रपति महिला उत्थान  कार्यक्रमअन्तर्गत उद्धार गरिएको हो । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने यो स्थान अझै यातायातको पहुँच पुगेको छैन । 

    
प्रसूति व्यथापछि बुधबार नामासे सामुदायिक स्वास्थ्य इकाईमा भर्ना हुनुभएकी भोटेलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको भोटखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख फूर्पु भोटेले जानकारी दिनुभयो । 


प्रसूति व्यथा लागेको १८ घण्टापछि भोटेलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँको थापाथली प्रसूति गृहमा पठाइएको उहाँले बताउनुभयो । सरकारले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीलाई हवाई उद्धार गरी तोकिएका अस्पतालमा पुर्‍याउने व्यवस्था मिलाउने गरेको छ । 


भौगोलिक विकटताका कारण यहाँ नजिक वर्थिङ सेन्टर र स्वास्थ्य चौकीमा शल्यक्रियासहितको सुविधा छैन । यही कारण जिल्लामा गम्भीर अवस्थाका गर्भवती तथा सुत्केरीको उपचार समस्या हुँदै आएको छ । 


जिल्लामा हवाई उद्दार कार्यक्रमअन्र्तगत विसं २०७७ देखि हालसम्म २४ जनाभन्दा बढी सुत्केरी तथा गर्भवतीको हवाई उद्धार गरिएको जिल्ला स्वास्थ्य कार्यालयकी भवानी तिम्सिनाले बताउनुभयो । उद्धार गरिएका अधिकांस सुत्ेकरी तथा गर्भवतीहरू १७ वर्षदेखि ३६ वर्ष उमेर समूहका रहेका उहाँले जानकारी दिनुभयो ।  

पोखरा ।   सञ्चारिका समूह गण्डकीको अध्यक्षमा राधिका कडेल निर्वाचित भएकी छन् ।    पोखरामा सम्पन्न सतौँ महाधिवेशनले कँडेलको नेतृत्वमा नयाँ  कार्यसमिति निर्वाचित गरेको हो ...

थप पढ्नुहोस्

पोखराः   पोखरामा जारी २१ औं फेवा नव बर्ष महोत्सव २०८३ को दोश्रो दिन सोमबार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा क्यानडाका दिरेक मिलरोइ प्रथम भएका छन् । यसैगरी स्पेनका अड्रिया फेरर द्वितीय भए भने अष्ट्...

थप पढ्नुहोस्

पोखरा:  राष्ट्रिय हेमजा आलु महोत्सवको चौथों दिन सोमबारसम्म त्यहाँ १३ लाख बढीको आलु कारोबार भएको छ ।   महोत्सव मध्येतिर आउँदा त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ । शनिबार र आइतबार सार्वजनिक ...

थप पढ्नुहोस्